शुक्रबार, बैशाख ७, २०८१

भक्तपुरका प्रजिअ मार्फत प्रधानमन्त्रीओलीलाई ११ बुँदे ज्ञापन

भक्तपुर जेठ १९,
भक्तपुरका ५ राजनीतिक गठबन्धनले बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री के पी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशिल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरुपमा विभिन्न ११ बुँदे माग र कोभिडको माहामारी विरुद्ध सबै शक्ति एकताबद्ध भएर लड्नुपर्ने बेलामा सरकार असंवैधानिक कदम चाल्दै प्रतिगमनको बाटोमा हिँडेको आरोपसहित ज्ञापनपत्र बुझाएका हो ।

त्यस्तै नेपाली जनताको बलिदानीपुर्ण संघर्षबाट प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्रमाथि राष्ट्रपति र प्रधानमन्त्रीकै कार्यालयबाट निरन्तर प्रहार भइरहेको समेत उल्लेख गरिएको ज्ञापनपत्रमा भक्तपुर कांग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष डि पि ढकाल, नेकपा एमालेका अध्यक्ष राजन के.सी., जनता समाजवादी पार्टी नेपालका श्याम शिल्पकार र राष्ट्रिय जनमोर्चाका शिवहरी नेपालले हस्ताक्षर गर्नुभएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले पाँच दलको मागसहितको ज्ञापनपत्र नेपाल सरकार समक्ष पु-याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031