बिहिबार, चैत्र १५, २०८०

जारी निषेधाज्ञा अहिलेको भन्दा केही खुकुलो र व्यवस्थित बनाउँने प्रशासनको तयारी

काठमाडौं जेठ १८,
काठमाडौं उपत्यकामा बढ्दो कोभिड संक्रमितको रफ्तारसंगै विगत एक महिनादेखि उपत्यकामा जारी निषेधाज्ञाको विषयमा नितिगत निर्णय गर्न उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सयुक्त बैठक बसेको छ ।

गत बैशाख १६ बाट जारी निषेधाज्ञाको मोडालिटी परिवर्तनका लागि भन्दै आज बसेको बैठकले आगामी विहिवारबाट स्वास्थ्य मापदण्ड पूरा गरेर खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म सञ्चालन गर्न दिने भएको छ। यसअघि यी सेवा सवै बन्द गरिएको थियो ।

त्यस्तै आजको बैठकले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था सहित वर्कशपको सञ्चालन र कामदारको आवासीय व्यवस्था सहित उद्योगको सञ्चालन गर्ने व्यवसाथ मिलाएको बुझिएको   छ।

यद्यपी ३ वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुले केही क्षेत्र खुकुलो बनाउने विषयमा छलफल गरे पनि अन्तिम निर्णय बुधवार मात्रै  सार्वजनिक  गरिने   भनिएपनि   गत बैशाख १६ बाट जारी निषेधाज्ञालाइ थप १० दिन लम्ब्याएर जेठ ३० गतेसम्म पुर्‍याउने योजना प्राय फाइनल भएको  जनाएको छ।