शनिबार, बैशाख ८, २०८१

जसपा कार्यकारिणी समितिको बैठक: ठाकुर र महतोसहित ४ नेता पार्टीबाट निष्कासित

काठमाडौं जेठ १८
जनता समाजवादी पार्टीको आज बसेको कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेताद्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

अध्यक्ष उपेन्द्र यादव पक्षको आज बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, सहितका ४ नेतालाइ पार्टी विरुद्ध अवान्छित क्रियाकलाप गरेको भन्दै सदस्यबाटै निष्कासन गर्ने निर्णय सहित सोका जानकारी निर्वाचन आयोगमा समेत दिएका छन ।

यसअघि अध्यक्ष यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरणका लागि पत्राचार गरेपनि स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय भएको सम्वद्ध पक्षले जनाउँदै आजको कारवाही प्रकरण देखि जसपामा विधिवत विभाजनको रेखा कोरिएको समेत बताएका छन ।