बिहिबार, बैशाख १३, २०८१

६ जिल्ला अन्र्तगत ९ निर्वाचन क्षेत्रको काँग्रेस क्रियाशील सदस्यको विवरण सार्वजनिक

अझै टुङ्गिएन क्रियाशील सदस्यता विवाद ,  विवादित जिल्लाको हकमा पदाधिकारीको उपस्थितीमा समस्याको सम्बोधन गर्ने समितिको तयारी

काठमाडौं असार १३,
नेपाली कांग्रेसको भाद्र १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने १४ औं महाधिवेशनको मिति नगिचिदै गर्दा क्रियाशील सदस्यता विवाद अझै टुङ्गिन सकेको छैन । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले समयमानै क्रियाशील सदस्यता सम्बन्धी जुनसकुकै विवादको निरुपण गर्ने अपेक्षा गरिएपनि समितिले सदस्यता छानबिनका लागि मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको बुझिएको छ । यसको लागि छानविन समितिका सदस्यहरुसहित आज पदाधिकारी बैठक बस्ने तयारी भएको बुझिएको छ ।

यसअघि रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिलाइ असार २० गतेसम्मको समयसिमा सहित दिइएको कार्यादेश अनुरुप समितिले उजुरीमाथि छानविन गर्दैगर्दा नयाँ सदस्यको हकमा आएका उजुरी विवादित जिल्लाको हकमा पदाधिकारीको उपस्थितीमा समस्याको सम्बोधन गर्ने जिकिर सहित समितिले सोको जिम्मा पदाधिकारीलाई जिम्मा दिने तयारी गरेको बताईएकोछ ।

स्मरण रहोस , तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न कांग्रेसमा प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यता विवाद टुंग्याउन जरुरी रहेकै कारण समितिले गौशालास्थित धर्मशालामा बसेर सदस्यता टुङ्ग्याउने काम गर्दै आएको छ ।

यसैवीच कांग्रेसले ६ जिल्लाका ९ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेको छ । भोजपुर, रुकुमपश्चिम, प्यूठान, धनुषा९१, काभ्रे९१ र सप्तरी क्षेत्र नं। १, २, ३ र ४ का क्रियाशील सदस्य [नयाँ र नवीकरण]को विवरण नेपाली कांग्रेसले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो । ती जिल्ला र क्षेत्रका नामावलीमा कुनै उजुरी, गुनासा वा सुझाव भएमा यही असार १७ गतेभित्र सप्रमाण पठाउन पनि कांग्रेसले आग्रह गरेको छ ।