शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ काठमाडौं महानगर मातहतका खोप केन्द्रको सूची

काठमाडौ जेठ २४,
कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत मंगलवारबाट शुरु हुने भेरोसेल खोपको पहिलो डोजका लागि काठमाडौ महानगरपालिका ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले आफ्नो सबै वडामा खोप केन्द्र तोेकेको छ ।काठमाडौं महानगरपालिकाले महानगर मातहतका ३२ वटै वडा, त्यस्तै ललितपुर महानगरपालिकाले २९ वटै वडा र भक्तपुर नगरपालिकले पनि आफ्नो १० वटै वडामा खोप केन्द्र तोकेको छ ।

काठमाडौं महानगर सम्वद्ध स्रोतबाट प्राप्त जानकारी अनुसार महानगरपालिकाको खोप केन्द्रमा क्रमस वडा नम्बर १ स्थित नन्दी रात्री स्कुल , वडा नम्बर २ का नागरिकका लागि वडा कार्यालय , वडा नम्बर ३ का लागि ३ नम्बर वडा कार्यालय, वडा नम्बर ४ का लागि ४ नम्बर वडा कार्यालय वडा नम्बर ५ का लागि ५ नम्बर वडा कार्यालय, वडा नम्बर ६ का लागि महेन्द्र बौद्ध उच्च मावि, वडा नम्बर ७ का लागि ७ नम्बर वडा कार्यालय परिसर, वडा नम्बर ८ का लागि गोल्डेन लाइट पार्टी प्यालेस, वडा नम्बर ९ का नागरिकले अनुपम फुडल्याण्ड बत्तिसपुतली र वडा नम्बर १० का नागरिकले म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वरलाइ खोपकेन्द्र तोकिएको जानकारी दिएकोछ ।

त्यस्तै वडा नम्बर ११ का नागरिकले विश्व निकेतन मावि वडा नम्बर १२ का नागरिकले बुद्धमाई अस्पताल , वडा नम्बर १३ का नागरिकले जनप्रभात मावि कालिमाटी , वडा नम्बर १४ का नागरिकले १४ नम्बर वडा कार्यालय र वडा नम्बर १५ का नागरिकले भुईखेल चौर स्वयम्भूमा पुगेर खोप लगाउन सक्ने जनाएको छ ।

त्यस्तै वडा नम्बर १६ का नागरिकले जुडोहल नयाँबाजरमा, वडा नम्बर १७ का नागरिकले पब्लिक युथ क्याप्पसमा, वडा नम्बर १८ का नागरिकले पुष्पलाल पार्कमा, वडा नम्बर १९ का नागरिकले १९ वडा कार्यलय परिसरमा, वडा नम्बर २० का नागरिकले शान्ति निकुञ्ज स्कुल , वडा नम्बर २१ का २१ वडा यंगालमा र वडा नम्बर २२ का नागरिकले टेबहाल वडा कार्यालय यसैगरी वडा नम्बर २३ का नागरिकले नव आदर्श स्कुल बसन्तपुरमा, वडा नम्बर २४ का नागरिकले इतुमबहाल, तारणी बहालमा, वडा नम्बर २५ का नागरिकले कन्या मन्दिर स्कुलमा, वडा नम्बर २६ का नागरिकले वडा परिसर लैनचौरमा, वडा नम्बर २७ का नागरिकले महाबौद्ध चोकमा, वडा नम्बर २८ का नागरिकले २८ नं  वडा कार्यालय , वडा नम्बर २९ का नागरिकले बिजयस्मारक स्कुल डिल्लीबजार , वडा नम्बर ३० का नागरिकले ज्ञानेश्वर चोकमा, वडा नम्बर ३१ का नागरिकले ईपिएस स्कुल र वडा नम्बर ३२ का नागरिकले ३२ नं। वडा कार्यालयमा गएर खोप लगाउ सक्नेजनाएको छ ।