मङ्लबार, बैशाख ४, २०८१

बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ८३ जनाको उद्दार

काठमाडौं असार ३
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकमा ४ जना, पाल्पामा १ जना, कास्कीमा १ जना, डोटीमा १ जना र सप्तरीमा १ जना रहेको प्रहरी वुलेटिनमा उल्लेख गरिएको छ ।

त्यस्तै बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ८० जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ८३ जनाको उद्दार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको उल्लेख गरिएको छ ।

साथै बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा १३ जना र जाजरकोटमा ७ जना गरी २० जना वेपत्ता भएको वेपत्ता भएकामध्ये १५ जना पुरुष र ५ जना महिला रहेको जनाउदै उनिहरुको खोजी कार्य जारी रहेको उल्लेख गरिएको छ ।

त्यस्तै पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण सल्यान, बझाङ र दैलेख लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031