शनिबार, बैशाख ८, २०८१

पत्रकार आचारसंहिता र निर्देशन अवज्ञा गर्ने अनलाइन न्युजपोर्टल कालोसूचीमा

काठमाडौं असार १०,
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्देशन अवज्ञा गर्ने चार  अनलाइन न्युजपोर्टललाई कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूजपोर्टल इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी, कालोसूचीमा राखेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालआज डटकम, देशसञ्चार डटकम, सेतोपाटी, जनता टाइम्स, रिपोर्टस नेपाल, सफल खबर लगायत १३ वटा अनलाइन र सञ्चार विज्ञ भानुभक्त आचार्यलाई लिखित पत्र काटेको जनाएको छ ।

साथै पछिल्लो १५ दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको जानकारीदिदै काउन्सिलले यसअघि विसं २०७७ को साउनदेखि २०७८ असार ९ गतेसम्म नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएका वेबपोर्टलको सङ्ख्या १५९ रहेको जानकारीदिदै पत्रकारलाई पत्रकार आचारसंहिताको पूर्णपालना गर्न काउन्सिल पनि आग्रह गरेको छ ।

यसैबीच पछिल्लो समय रुपा सुनवार र सरस्वती प्रधानको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा समाचार सामग्रीप्रति समेत प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको जनाउदै यससम्बन्धमा समेत जानकारी दिएको छ।