शुक्रबार, बैशाख ७, २०८१

नेपाल प्रहरीका एकदर्जन भदा बढि एसएसपीको सरुवा ,को कहाँ ? [सूचीसहित]

काठमाडौं असार ७,
गृह मन्त्रालयले एकैपटक नेपाल प्रहरीका एक्दर्जन भन्दा बढि प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षकको विभिन्न कार्यालयमा सरुवा गरिएको प्रहरी प्रधान मुख्यालयले जनाएको  छ ।

प्राप्त जानकारी अनुसार प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालयबाट प्रदेश नं १ प्रहरी तालिम  केन्द्र विराटनगरको जिम्मेवारी  दिदै त्यहाँ कार्यरत एसएसपी टेकबहादुर तामाङलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँमा ल्याइएको छ ।

 एसएसपीको सरुवा सूची 

यस्तै प्रदेश नं २ प्रहरी कार्यालय धनुषाका एसएसपी श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्चोक, प्रहरी प्रधान कार्यालयका उमाशङ्कर पञ्जियारलाई नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटीका जनकराज पाण्डेलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको जिम्मेवारीमा  पठाइएको छ ।

यस्तै एसएसपी गोविन्दकुमार शाहलाई प्रहरी प्रदेश कार्यालय सुनसरी, कृष्णहरि शर्मालाई प्रहरी प्रदेश कार्यालय कास्की, हृदय थापा, उमेशराज जोशी र नलप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालय तथा राजेन्द्रप्रसाद चौधरीलाई प्रदेश नं १ प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
एसएसपी दीपक थापालाई प्रदेश नं २ प्रहरी कार्यालय जनकपुर, चक्रकुबेर खापुङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, विक्रमबहादुर चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटी र नरबहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ ।

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031