मङ्लबार, बैशाख ४, २०८१

नेपालमा कोभिड संक्रमणका कारण निधन हुनेको सख्या ९ हजार नाघ्यो

थप एक हजार ५०९ जनामा कोभिड सङ्क्रमण, ३ हजार ८५३ कोभिड सङ्क्रमणमुक्त

काठमाडौ असार १४,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा छ हजार ६४८ जनामा पीसीआर परीक्षणको क्रममा थप एक हजार ५०९ जनामा कोभिड सङ्क्रमण भेटिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, ४ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ९३५ जनामा सङ्क्रमण पुष्टि भएको समेत मन्त्रालयले जानकारी दिएको छ।

साथै यसवीचमा कुल संक्रमित मध्ये ३ हजार ८५३ कोभिड सङ्क्रमणमुक्त हुँदै डिस्चार्जभएसंगै नेपालमा ५ लाख ८८ हजार १८७ जना सङ्क्रमणमुक्त भएको जनाएको छ ।

त्यस्तै प्राप्त पछिल्लो डेटा अनुसार नेपालमा ३७ हजार ९५० जनासंक्रमितमा सक्रिय संक्रमण रहेको जानकारी दिदै वितेको २४ घण्टामा ४२ जनाको मृत्यु भएको र योसँगै नेपाल कोभिड संक्रमणका कारण निधन हुनेको सख्या ९ हजार ५१ पुगेको जनाएकोछ ।