शनिबार, बैशाख ८, २०८१

त्रिशुली अस्पताललाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं जेठ २१,

पछिल्लो समय बढ्दो कोभिड संक्रमणको रफ्तार र यसवीचमा देखिएको स्वास्थ्य सामाग्रीको चरम अभावको पक्षलाइ दृष्टिगत गर्दै सहकारीको मुल्य मान्यता अनुरुप सामाजिक उत्तरदायित्वको पक्षलाइ आत्मासात गर्दै त्रिशुली अस्पताललाइ एकथान icu बेड र एकथान पेसेन्ट मनिटर हस्तान्तरण गरिएको छ ।

नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघसंग आवद्ध १६ वटा वचत तथा ॠण सहकारी संस्थाको तर्फबाट अस्पतालमा हस्तान्तरण गरिएको उक्त स्वासथ्य सामाग्रीबाट अस्पतालमा उपचारारत कोभिड विरामीको उपचारका लागि सहयोग पुग्ने विस्वास गरिएको छ।

साथै यसअघि पनि जिल्ला सहकारी संघ नुवाकोट त्रिशुली बचत तथा ऋण सहकारी संस्था र सङ्गम बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट समेत सोहि अस्पतललाइ क्रमस ४ icu वटा बेड र ४ पेसेन्ट मनिटर हस्तान्तरण गरि सकिएको नुवाकोट जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष  रमेश श्रेष्ठले बताउनु भएको छ।