बिहिबार, बैशाख १३, २०८१

कोभिड संक्रमणका कारण जीवन गुमाउनेका सख्या ८ हजार ९७५ पुग्यो

थप ११७४ सङ्क्रपिमत थपिदै गर्दा ४ हजार ९१४ जना संक्रमण मुक्त

काठमाडौं असार १२ ,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ४ हजार ७०४ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा थप १ हजार १७४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै मन्त्रालयले यसवीचमा ४ हजार ९१४ जना संक्रमित सङ्क्रमणमुक्त भएको जानकारी दिदै नेपालमा पछिल्लो प्राप्त डेटा अनुसार ४२ हजार २४ जनामा सक्रिय सङ्क्रमण रहेको जनाएकोछ ।

साथै वितेको २४ घण्टामा कोभिड सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको र योसँगै ८हजार ९७५ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ ।