मङ्लबार, बैशाख ११, २०८१

काठमाडौं महानगरमा आव २०७८/ ०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाखको बजेट प्रस्ताव

काठमाडौ असार १०,
काठमाडौं महानगरले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८र७९ का लागि रू। १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्ताव गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट प्रस्तुत गरेको जानकारीदिदै महानगरको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गीले सो रकमको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको जानकारीदिनु भएको छ ।

त्यस्तै प्रस्तावित बजेटमा कोभिड रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गकि समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयलाई उच्च प्राथमिकता दिएको जानकारी दिदै उपप्रमुख खड्गीले महानगरपालिकाले प्रत्येक नगरबासीका लागि स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत बीमा शुल्क महानगरले सहयोग गर्ने गरी बजेटमा विनियोजन गरेको जानकारीदिनुभएको छ ।

त्यस्तै ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन र आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवद्र्धन, विद्युतीय शासनको प्रवद्र्धन, युवासँग मेयर, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपाङ्गता भएका महानगरवासीहरुका लागि सहयोग, मानवअधिकार प्रवद्र्धन, लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिक लगायतका कार्यक्रमका लागि पनि बजेटमा महत्वपूर्ण पक्ष सहितको व्यवस्था गरिएको जानकारीदिनभयो ।