बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा १ हजार ५५८ सङ्क्रमितको पहिचान

काठमाडौं जेठ १८
पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा १ हजार ५५८ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका ससंक्रमित मध्ये काठमाडौंमा १ ०६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जना रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै उपत्याकामा संक्रिय संक्रमितको प्राप्त पछिल्लो डेटा अनुसार काठमाडौंमा १४ हजार ५८४, ललितपुरमा छ हजार ३६९ र भक्तपुरमा ४३०० रहेको जनाउनुको अलावा काठमाडौमा १ हजार ६२९, ललितपुरमा ४४२ र भक्तपुरमा ३२७ जनाले संक्रमणकै कारण ज्यान गुमाइसेको जनाएको छ।