मङ्लबार, बैशाख ४, २०८१

यस्तो छ सिन्धुपाल्चोकमा बाढीपहिरोको वितण्डा [फोटो फिचर]

  • अनुप प्रधान

काठमाडौं असार ६,
अविरल वर्षाको कारण सिन्धुपाल्चोक जिल्ला लगायत देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि असार ६ गते दिउँसोसम्म १८ जनाको मृत्यु भएको छ ।

त्यस्तै हेलम्बु गाउँपालिका– भेमाथाङ चौरमा गएको भीषण पहिरो संगै मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुगको अवस्था छ । त्यस्तै बाढीले समुदायको सहयोगमा भर्खरै निर्माण सम्पन्न भएको रेडियो मेलम्ची १०७.२ मेगाहर्जको भवन पूर्ण क्षति भएकोछ ।

साथै वर्षाको कारण बझाङ, कालिकोट, बैतडी लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।बाढीको कारण २ सय १० वटा घर डुबानमा परेका छन् ।