शुक्रबार, अशोज २१, २०७९

नेपालमा थप ३ वटा कोभिडका नयाँ सङ्क्रामक भेरिअन्ट भेटियो

काठमाडौं असार ७,
नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोछ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये ९ वटामा थप उत्परिवर्तन रुप फेला परेको जनाएको छ ।

त्यस्तै मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचानका लागि मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको जनाएको छ।

त्यस्तै उक्त उत्परिवर्तन रुप नेपालसहित १० वटा देशमा पुष्टि भएको र त्यसलाई K417N नाम दिइएको विज्ञप्तिमा उललेख गर्दै परिवर्तन भएर बनेको यो नयाँ प्रकारको स्वरूपलाई एवाई.१ (AY.1) नाम दिइएको मन्त्रालयले जनाएको छ।

साथै योसँगै नेपालमा  नेपालमा “भेरिअन्ट अफ कन्सर्न”का रूपमा अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) भेरिअन्ट तथा भेटिअन्ट अफ इन्ट्रेस्टका रूपमा कापा भेरिअन्ट (B.1.617.1) पुष्टि भएको    यी तीनैवटा भेरिअन्टहरू उच्च सङ्क्रामक र सबै उमेर समूहमा प्रभाव पार्ने देखिएको जनाउदै मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ ।

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031