शुक्रबार, अशोज २१, २०७९

उपत्यकामा आज कुमारषष्ठी अर्थात सिथि नखः पर्व मनाइँदै

काठमाडौ असार २,
आज ज्येष्ठ शुक्ल षष्ठी अर्थात आजको दिन कुमारषष्ठी वा सिथि नखःपर्व मनाइने गरिन्छ । नेवार समुदायले  आजको दिनलाइ    सिथि नखः  भन्ने गर्दछन् ।

यस पर्वका सम्बन्धमा प्राप्त  किंवदन्ती अनुसार ज्येष्ठ महिनाको शुक्ल पक्षको षष्ठीका दिन  भगवान् शिवजीका ज्येष्ठ पुत्र श्री कार्तिकेय कुमारको जन्म भएको हुँदा त्यस दिनलाई कुमारषष्ठी भन्न थालिएको हो । तिनै कार्तिकेय कुमारलाई नै नेवारहरू सिथि देवताको नामले पूजा गर्ने गर्छन् ।

काठमाडौँ उपत्यकामा सिठीपर्वको मूल विशेषता भनेको नै यसदिन विशेषतः विशेष छ थरीका गेडागुडी मास, मुंगी केराउ अन्य गेडागुडीबाट बनाइएका रोटी बारा वः चढाउने गरिन्छ । परिवारका सदस्यहरू भेला भई यस दिन विशेष प्रसादस्वरूप बारा वः, चतामरी, समयबजी खानाको रुपमा खाने गर्दछ ।

यसैवीच आजको दिन आफ्नो घर तथा त्यस वरपर क्षेत्रका इनार, कुवालगायत पानीका मुहानको सरसफाइ गर्ने गर्दछन् । पानीको स्रोतका रूपमा रहेका पधेँरा, इनार, तलाउ, कुवालगायतका स्थानमा पानीको समस्या नहोस् भनी वर्षमा एकपटक पूजा गरी सफा गर्ने परम्पराको विकास भएको जनविश्वास रहि आएको छ ।

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031