शुक्रबार, अशोज ८, २०७८

छ हजार ६७७ थपिदै गर्दा छ हजार ७१६ संक्रमित डिस्चार्ज,१४५ को मृत्यु

उपत्यकामा दैनिक बढ्दो सङ्क्रमितको सख्या आज घट्दो अवस्थामा

काठमाडौं जेठ १२,
पछिल्लो २४ घण्टामा १९ हजार ३० जनाको कोभिड पीसीआर परीक्षणको क्रममा छ हजार ६७७ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै दिएको जानकारी अनुसार वितेको २४ घण्टामा छ हजार ७१६ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जानकारीदिनुको अलावा यसवीचमा १४५ जना सङ्क्रमितको मृत्यु भएको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका १ हजार ४९३ सङ्क्रमित रहेको र यसमध्ये काठमाडौंमा १ हजार १३९, ललितपुरमा २४१ र भक्तपुरका ११३ जना रहेको जनाएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु