शुक्रबार, बैशाख १४, २०८१

माइतीघरमा प्रदर्शनकारीले भने- गरिबलाई रोक्न गस्ती छ, शासकलाई मस्ती [फोटो फिचर]

अनुप प्रधान

काठमाडौ जेठ १४ ,
वृहत नागरिक आन्दोलनले  विहिवार संसद विघट्न विरुद्ध प्रदर्शन गरेको छ । माइतीघरमा मोबालको लाइट बालेर ‘प्रदर्शन गरेको हो । प्रदर्शनलाई ‘ब्राइट नागरिक आन्दोलनको नाम दिइएको थियो।

प्रदर्शनकारीहरुले ‘गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ, अक्सिजन र खोप चाहिएको छ, मतपत्रको षड्यन्त्र होइन लगायतको नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधी निर्वाचन घोषणा गर्नुलाई उनीहरुले प्रतिगमनको संज्ञा दिँदै उक्त कार्यले राज्य जनताप्रति उत्तरदायी नभएको समेत बताए ।