बिहिबार, चैत्र १५, २०८०

सुरक्षा निकायको सक्रियता : जारी निषेधाज्ञाको क्रममा सडकमा थप कडाइका साथ चेकजाँच गर्दै

काठमाडौ जेठ १४ ,

काठमाडौं उपत्यकामा बढ्दो कोभिड संक्रमितको रफ्तारका कारण आजबाट जारी निषेधाज्ञामा थप कडाइ गर्दै प्रहरीले सडकमा चेकजाँच कडा बनाएको छ ।

कोभिडको दोस्रो लहरको चेन ब्रेकका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले एक हप्ताका लागि किरान पसल तथा डिपार्टमेन्ट स्टोर बन्ददेखि सवारी आवतजावतमा पनि थप कडाइ गर्ने निर्णय गरेपछि प्रहरीले सडकमा चेक जाँचलाई कडा बनाएको हो ।

स्मरण रहोस काठमाडौं उपत्यकामा आज मात्र २ हजार ३२४ सङ्क्रमित थपिएका छन । साथै मन्त्रालयले उपत्यकाका कुल संक्रमित मध्ये सक्रिय संक्रमित २७८६५ रहेको जानकारीदिएको छ। त्यस्तै संक्रमणका कारण ज्यान गुमाउनेको सख्या काठमाडौंमा १५६८ ललितपुरमा ४१८ र भक्तपुरमा ३१२ रहेको जनाएकोछ ।