शनिबार, बैशाख ८, २०८१

वितेको २४ घण्टामा ९ हजार ८४१ जना संक्रमित कोभिड मुक्त ,९६ को मृत्यु

काठमाडौ जेठ १४ ,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा छ हजार ८५५ जना सङ्क्रमित थपिदै गर्दा अप्रतयाशितरुपमा कोभिडको पहिलो लहर भन्नुस वा दोस्रो लहर जे भने पनि हालसम्मकै सबैभन्दा उच्चसख्यामा अर्थात ९हजार ८४१ जना संक्रमित कोभिड मुक्त भएका छन् ।

त्यस्तै मन्त्रालयले आज कोभिड मुक्त भएका संक्रसमत संगै नेपालमा संक्रमिण मक्त हुनेको सख्या ४ लाख २८ हाजर ६७० पुगेको जनाउदै आज पहिचान भएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या पाँच लाख ४९ हजार १११ पुगेको जानकारी दिएको छ ।

साथै पछिल्लो डेटा अनुसार मन्त्रालयले १ लाख १३ हजार ३९४ जनामा कोभिडको सङ्क्रमण सक्रिय रहेको जानकारीदिनुको अलावा वितेको २४ घण्टामा ९६ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सात हजार ४७ पुगेको जनाएकोछ ।