मङ्लबार, बैशाख ११, २०८१

विहीवार उपत्यकामा २ हजार ३६७ सङ्क्रमित थपिए

काठमाडौं जेठ १३,
पछिल्लो २४ घण्टामा २० हजार ४१४ जनाको पीसीआर परीक्षणको क्रममा छ हजार ७३१ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा २३६७ संक्रमित थपिएको र यसमध्ये काठमाडौंका मात्र १ हजार ७ सय ३८ भक्तपुरमा २६५ र ललितपुरका ३६४ जना रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले प्राप्त पछिल्लो डेटा अनुसार काठमाडौंमा कुल सङ्क्रमित १ लाख ८३ हजार ८७१, ललितपुरमा ३२ हजार ३९० र भक्तपुरमा १९ हजार ३५७ पुगेको जानकारी दिएको छ। साथै काठमाडौमा सक्रिय संक्रमितको सख्या १६ हजार ३६१ रहेको छ भने ललितपुरमा छ हजार ८५५ जना र भक्तपुरमा ४ हजार ७८९ कोभिड सङ्क्रमणका सक्रिय संक्रसिमत रहेको जनाएको छ।