सोमवार, बैशाख ३, २०८१

छ हजार ७३१ सङ्क्रमित थपिदैगर्दा ७ हजार २२६ सङ्क्रमित कोभिड मुक्त

काठमाडौं जेठ १३,
पछिल्लो २४ घण्टामा २० हजार ४१४ जनाको पीसीआर परीक्षणको क्रममा छ हजार ७३१ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २२६ सङ्क्रमित कोभिड मुक्त हुँदै डिस्चार्जभएसंगै कोभिड मुक्त हुनेको सख्या ४ लाख १८ हजार ८२९ पुगेको मन्त्रालयले जनाएको छ।

साथै वितेको २४ घण्टामा १०६ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै सङ्क्रमणका कारण नेपालमा मृत्यु हुनेको सख्या छ हजार ९५१ पुगेको पनि मन्त्रालयले जनाएको छ।