बिहिबार, बैशाख १३, २०८१

महानगर वडा न २० मा १० शैयाको कोभिड आइसोलेसन केन्द्र सञ्चालनमा

काठमाडौं जेठ १३,
  अनुप प्रधान
काठमाडौं उपत्यकामा बढ्दो  कोभिड  संक्रमणको जोखिमलाइ दृष्टिगत गर्दै यसवीचमा संक्रमित भइ होम आइसोलेसनमा बस्न असुविधा हुने संक्रमितहरुलाइ लक्षित गर्दै काठमाडौं महानगर वडा न २० का क्रियाशील स्थानीय संघसंस्थाको पहलमा स्थानीय शान्ति निकुञ्ज माविमा   १० शैयाको आइसोलेसन केन्द्र संचालनमा ल्याइएको छ।

बुधवार एक अनौपचारिक तथा ससक्षिप्त कार्यक्रमकावीच काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट महानगरप्रमुखको प्रत्याशी रहेका काग्रेस नेता राजुराज जोशीले महानगर वडा १७ का अध्यक्ष नवीन मानन्धर र वडा न.२० का अध्यक्ष तथा आइसोलेसन केन्द्रका संयोजक राजेन्द्र मानन्धरको उपस्थितीमा शुभारम्भ गर्नु भएको हो ।

पछिल्लो समय उपत्यकामा बढ्डो कोभिड संक्रमितको रफ्तारसंगै सामुदायस्तरमा आइसोलेसन केन्द्र निर्माणका लागि कामपा वडा न २०का वडा सदस्य रसेल श्रेष्ठको पहलकदमीमा YFN, पासा कासा पुच : र मजिपात लाखेननी टोल सुधार समितिको संयुक्त महत्वपूर्ण प्रयासलाइ वडा समिति र काँग्रेस नेता जोशीको सहयोग रहेको बताइएकोछ ।

त्यस्तै भविष्यमा आइसोलेसन केन्द्रलाइ विस्तारित गर्दै लैजाने तयारी रहेको जानकारी सहित तत्काललाइ आइसोलेसन केन्द्रमा अक्सिजन, स्टाफ नर्ससहित स्वास्थ्य उपकरणको समेत व्यवस्था गरिएको जानकारी दिइएको छ।