शुक्रबार, चैत्र १६, २०८०

अक्सिजन सिलिण्डर फिर्ता गर्न मन्त्रालयको आग्रह

काठमाडौं जेठ १२,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज एक सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गर्नु भएको छ ।

अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्नाले समस्या भएको उल्लेख गर्दै जारी सूचनामा पछिल्लो समय विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डर समयमा सिलिण्डर कम्पनी वा अस्पतालमा फिर्ता हुन नसक्दा समस्या सिर्जना भएको जिकिर सहित सिलिण्डर फिर्ता गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

जारस् सूचनामा अक्सिजन सिलिण्डर देशका दूरदराजमा वा व्यक्तिका घरमा थन्किएर रहेमा अस्पतालमा उपचाररत सङ्क्रमितलाई समस्या परेको समेत उल्लेख गरिएको छ।