मङ्लबार, बैशाख ११, २०८१

छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ शैयाको कोभिड विशेष अस्पताल सञ्चालन

काठमाडौं जेठ १२,
काठमाडौ महानगरपालिकाको सहयोगमा कामपा वडा न १७ स्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा आजदेखि विशेष कोभिड–१९ अस्पताल सञ्चालनमा आएको   छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगर प्रमुख विद्यासुन्दर शाक्यले संयुक्तरुपमा कोभिड अस्पताल सञ्चालनको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

बढ्दो कोभिड सङ्क्रमणको रफ्तारसंगै महानगर र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो । यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७०० र मासिक सञ्चालन खर्चबापत रु ४८ लाख १६ हजार ६०० रकम सहयोग गरेको जानकारी सहित चिकित्सालयमा कोभिड अस्पताल सञ्चालनसंगै ७ आइसियु, ४ भेन्टिलेटर, छ एचडियुसहित ३५ शैयाको कोभिड अस्पताल सञ्चालन मा आएको कार्यक्रममा जानकारी दिईएकोछ । त्यस्तै महानगरले चीनको ल्हासा शहरबाट उपलब्ध भएको भेन्टिलेटरमध्ये दुई छत्रपाटी चिकित्सालयलाई यसअघि नै दिइएको छ ।

पछिल्लो समय  महानगरको  तर्फबाट   ८८ अक्सिजन सहित २सय   शैयाको   राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ शैयाको  एचडियु र २५ शैयाको  साधारण गरी ५० शैयायाकोे आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइसकेको   छ ।