बिहिबार, बैशाख १३, २०८१

सरकारले कोभिड महामारीको आडमा राजनीति गर्न खोजेको काँग्रेसको आरोप

कोभिड नियन्त्रणका लागि १५ बुँदे सुझावपत्र कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं जेठ १२,
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आज बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रीत गर्न सरकारलाई आग्रह गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले गत जेठ ६ गते प्रधानमन्त्री केपी ओलीलाई बुझाएको १५ बुँदे सुझावपत्र कार्यान्वयनमा समेत सरकारले गम्भीर रुपमा चासो नदेखाएको भन्दै पुनः ध्यानाकर्षण गराउनुको अलावा सरकारले कोभिड–१९ महामारीको आडमा राजनीति गर्न खोजेको ठहर गरेको छ ।

साथै बैठकले आवश्यकताअनुसारशैउा , अक्सिजन, आइसियु र भेन्टिलेटरसहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गर्न, सबै जनतालाई सहज रुपमा तत्काल कोभिड विरुद्धको खोप उपलब्ध गराउन, बढी भन्दा बढी पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै जारी निषेधाज्ञाका कारण रोजगारी गुमाएका सर्वसाधारण र व्यापारीलगायतलाई उचित राहतको व्यवस्था गर्न, स्थानीय तहलाई आवश्यक साधन, स्रोतको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।