शुक्रबार, अशोज ८, २०७८

उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता थपियो , यसअघि जारी सवै किसिमका पास खारेज

काठमाडौं जेठ ११,
उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्विएकोछ ।जारी   निषेधाज्ञाका वीच संक्रमण दर घट्नुको अलावा दिनहुँ बढ्दो पाइएसंगै काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठक कडा प्रावधानसहित थप १ निषेधाज्ञा कायम गर्ने निर्णय गरेको हो ।

पल्लिो पटक थप गरिएको निषेधाज्ञा जेठ १२ अर्थात बुधवारबाट सकिदै गर्दा आज थपिएको निषेधाज्ञा आदेश अनुसार यसअघि १० बजेसम्म् खोल्ल्न दिईएको तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल अव भने बिहान ९ बजेसम्ममात्र खोल्न पाइने व्यवस्था गरेको छ ।

त्यस्तै सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गर्दै यस् सेवाको हकमा बिहान साढे ९ बजे देखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले व्यवस्था गरेको छ ।

साथै निर्माणका कार्यमा पनि एक साताका लागि रोक लगााइएको छ भने प्रशासन कार्यालय र र अन्य निकायबाट समेत जारी सबै पास पनि खारेज गरिएको छ ।
साथै जारी सूचना र निषेधाज्ञाको आदेश उल्लंघन गर्नेलाई कारबाही गर्ने निर्णय अनुरुप अनावश्यक सवारीसाधन चलाउने दुईपांग्रेलाई दुई हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना गर्नुको अलावा विना काम निस्किनेलाई दुई सय रुपैयाँ रमास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ जरिवाना गर्ने तयारी भएकोछ ।

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु