शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा मात्र २ हजार ६१३ सङ्क्रमित ,२ हजार २०४ को मृत्यु

काठमाडौं जेठ ११,
पछिल्लो २४ घण्टामा २२ हजार ३०६ जनाको पीसीआर परीक्षणको क्रममा ८ हजार ३८७ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्र २ हजार ६१३ सङ्क्रमित रहेको र यसमध्ये काठमाडौमा १ हजार ८६३, ललितपुरमा ४२७ र भक्तपुरमा ३२३ जना रहेको  जनाएको छ ।

साथै मन्त्रालयले प्राप्त पछिल्ले डेटा अनुसार काठमाडौं जिल्लामा सक्रिय सङ्क्रमितको सख्या १६ हजार ३३८ जना रहेको र जनाएकोछ भने ललितपुरमा ७ हजार १५२ र भक्तपुरमा ४ हजार ९५३ जनामा सक्रिय सङ्क्रमण रहेको जानकारी दिएको छ। साथै काठमाडौंमा उपत्यकामा सङ्क्रमणका कारण २२०४ जनाको मृत्यु भएको र यसमध्ये काठमाडौंमा १ हजार ५०५ ललितपुरमा ३९७ र भक्तपुरमा ३०२ रहेको जनाएको छ ।