शुक्रबार, बैशाख १४, २०८१

सय किलो गाँजा सहित एम्बुलेन्स चालक सहित राई पक्राउ

सुनसरी जेठ ११,  
धरान उपमहानगरपालिका २ स्थित सडकबाट को १ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका १५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका ११ बस्ने ध २८ वर्षीय पोशन राई रहेका छन् ।

प्रहरीका अनुसार धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडीको भागमा ४ वटा झोलामा रहेको गाँजा सहित फेला पारी पक्राउ गरेको जनाउदै पक्रउ परेको अभियुक्त उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।