बिहिबार, बैशाख १३, २०८१

वरिष्ठ नेता नेपाल सहित ११ जना एमाले नेता पार्टीबाट निष्कासित

काठमाडौँ जेठ १०,
सत्तारुढदल नेकपा एमाले स्थायी कमिटीको आज बसेको बैठकले एमाले नेता माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्य पनि नरहनेगरि निष्कासन गर्ने निर्णयसंगै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पार्टीको साधारण सदस्य पनि नरहनेगरि निष्कासन गरिएका नेताहरुमानेता नेपालसहित झलनाथ खनाल, भीम बहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी कुमारी खड्का रहेका छन ।

त्यस्तै पार्टी अनुशासन विपरीत गतिविधि गर्ने सुरेन्द्र पाण्डेसहितघनश्याम भुसाल,भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित एकदर्जन नेतालाइ स्पष्टीकरण सोध्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ।

त्यस्तै बैठकले सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिदै एमालेका तर्फबाट मन्त्री रहेका सवैलाइ फिर्ता आउन निर्देशन दिईएको छ ।