मङ्लबार, बैशाख ११, २०८१

कोभिड–१९ अध्यादेश पालना नगरे १ वर्ष कैद र ५ लाख जरिवाना

काठमाडौ जेठ १० ,
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा[१] बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ६ गते जारी गर्नु भएको कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने  भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक ५ बुँदे सूचना जारी गर्दै बढ्दो कोभिड संक्रमणको उच्च् जोखिमका वीच समग्रमा जारी निषेधाज्ञाको पालना नगर्ने मास्क नलगाइ आवत जावत गर्ने जस्ता अवान्छित कार्यमा सहभागी हुने लाइ जरिवाना वा दुवै सजाय हुनसक्ने जानकारी दिएको छ ।

अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने समेत जनाइएको छ ।