शुक्रबार, चैत्र १६, २०८०

नेपालको भूभागमा समेत यास  चक्रवातको असर ,आम नागरिकलाई सजग रहन आग्रह

यास चक्रवातको असर: मंगलबार अपरान्ह पछि देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ र हावाहुरी र असिना पानीको सम्भावना

काठमाडौं जेठ १०,
पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भई शक्तिशाली चक्रवातमा परिणत हुने क्रममा देखिएको र यसको
असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको जनाउ दिदै जल तथा मौसम विज्ञान विभागले आम नागरिकलाई सजग रहन आग्रह गरेका छन् । त्यस्तै विभागका अनुसार चक्रवातलाई भारतीय मौसमविद्ले यास नामकरण गर्दै चक्रवातको असरलाइ न्यूनिकरण गर्नका लागि व्यापक तयारी भइरहेको भारतीय सञ्चारमामाध्यमले जनाएको उल्लेख गरेका छन ।

त्यस्तै उक्त चक्रवातको असरबाट नेपाल पनि अक्षुतो नरहेका कारण मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै यसवीचमा हुने वर्षाका कारण धनजनको हानी हन सक्ने सम्भावना औल्याएका छन ।

साथै माहाशाखाले मंगलबारदेखि नै हिमाली क्षेत्रमा पर्वतारोहण बन्द गर्न आग्रह गर्नुको अलावा ११ गते मंगलबार अपरान्ह पछि देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ र हावाहुरी र असिना पानीको सम्भावना रहेकोले आवश्यक सर्तकता अपनाउन आग्रह गरेको छ। साथै बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केहि स्थानहरुमा हिमपात र वर्षाको सम्भावना संगै हावाहुरीको समेत सम्भावना रहेको जनाएकोछ ।

त्यस्तै १२ गते बुधबार बाट केहि दिन मध्यम वर्षाको सम्भावना संगै प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र  १३ गते बिहिबार १३ गते कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश को एक/दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको जनाएकोछ ।