बिहिबार, बैशाख ६, २०८१

१३६ बढी सांसदको हस्ताक्षरसहित काँग्रेस सहितका विपक्षी गठबन्धनले अदालतमा रिट दर्ता गर्ने

काठमाडौं जेठ ९,
राष्ट्रपतिको तर्फबाट भएको पछिल्लो संबैधानिक मर्ममाथिको हस्तक्षेप विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका विपक्षी राजनीतिक दलीय गठबन्धनको तर्फबाट कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएका छन्।

आइतबार दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कानुन व्यवसायीहरूसँग छलफल गरेपछि विपक्षी गठबन्धनको बैठकपछि पहिला हस्ताक्षर संकलन गर्ने त्यसलगत्तै परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारीमा पुगेका हुन्।

गत शुक्रबार संविधानको धारा ७६ [५] अनुसार १४९ सांसदको हस्ताक्षर देउवाका पक्षमा राष्ट्रपतिलाई बुझाउदै गर्दा प्रधानमन्त्री ‌ओलीले ३ जना व्यक्तिाको मात्र हस्ताक्षर बुझाएको अवस्थामा राष्ट्रपतिले संविधानत व्यवस्था अनुसार काँग्रस सभापति देउवालााइ प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा ठिक त्यसको विपरित व्यक्तिगत तथा निहित स्वार्थका लागि बहुमत समर्थनको समेत अपव्याख्या गर्ने काम भएको राष्ट्रपति कार्यालय स्रोतको दावी रहेको छ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन सिफारिस र राष्ट्रपतिले त्यसको अनुमोदन गर्नु असंवैधानिक भएको जिकिर सहित आजै १३६ जनाभन्दा बढी सांसदको हस्ताक्षरसहित अदालतमा परमादेशका लागि जाने र अदालतबाटै प्रतिनिधि सभा बैठक तोक्न माग गर्ने तयारी सहितको कांग्रेस नेता रमेश लेखक, राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारी, माओवादी नेता देव गुरूङ र जसपा अध्यक्ष उपेन्द्र यादवले परमादेशको डाफ्ट तयार गरिसकेको बझिएको छ।