बिहिबार, बैशाख १३, २०८१

मास्कको कालोबजारी गर्ने अधिकारी फार्मेसीका संचालक पक्राउ

मोरङ जेठ ९,
जिल्ला प्रहरी कार्यालय मोरङले मास्कको कालोबजारी गरेको अभियोगमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका९९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीको कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका ७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८ सय ८०रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा विक्री गरेको भन्ने सूचनाकोआधारमा प्रहरीले १ थान सिलिकन फूल फेसमास्क सहित फार्मेसीबाटै असधकारीलाइ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका अधिकारी उपर कालोबजार तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूरअन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।