आइतवार, अशोज ३, २०७८

विपक्षी गठबन्धनको बैठकसगै सत्तारुढ एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौ जेठ ८,

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी शनिबार विहान नयाँ निर्वाचनको मिति तोक्नु भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ ।  अहिले विहान ११ः१५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भनिएको बैठकमा काँग्रेस लगायत विपक्षी गठबन्धनमा आवद्ध सबै दलका नेताहरुको बैठकमा सहभागीता रहने बुझिएको छ।

त्यस्तै बैठकमा सरकारको सिफारिस र राष्ट्रपतिको पछिल्लो कदमका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयगत एजेन्दा केन्द्रीत हुने बताईएको छ ।

यसैवीच सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्ने उक्त बैठकमा पार्टीभित्र देखिएको पछिल्लो समस्या र समाधानका बारेमा बैठकमा छलफल हुने बताइएको छ ।

आजका बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा तोकिएको आगामी निर्वाचनको तयारी , नेता माधवकुमार नेपाल पक्षका नेताहरुले विपक्षी गठबन्धनसंग सहकार्य गद्रै नेता रामबहादुर थापा बादललाई निर्वाचनमा मतदान नगरेको विषय संगै पछिल्लो राजनैतिक घटनाक्रम प्रति छलफल हुने एमाले स्रोतले जनाएको छ ।

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु