शनिबार, कार्तिक ६, २०७८

प्रतिनिधि सभा विघटन, कात्तिक र मङ्सिरमा निर्वाचन गर्ने गरी राष्ट्रपतिबाट चुनावी मिति घोषणा

काठमाडौ जेठ ८,

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रधानमन्त्री पदमा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट प्रस्तुत दावी संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको जनाउ सहित मौजुदा प्रतिनिधिसभा विघटन गरी तजा जनादेशका लागि आगामी कात्तिक २६ र मङ्सिर ३ गते गर्ने गरी निर्वाचन मिति तोक्नुभएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम सोसम्बन्धी सिफारिश मन्त्रिपरिषद्को शुक्रवार राति अबेर बसेको बैठकबाट मौजुदा प्रतिनिधिसभा विघटन गरी तजा जनादेशका लागि आगामी कात्तिक २६ र मङ्सिर ३ गते गर्ने गरी निर्वाचन मिति तोक्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरिएको थियो ।

नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट मिति २०७८र२र८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेबाट गएराति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु