शुक्रबार, अशोज ८, २०७८

८ हजार ३०५ संक्रमितको पहिचान, छ हजार ५४३ जना उपचार पछि डिस्चार्ज

काठमाडौ जेठ ६,
पछिल्लो २४ घण्टामा ८ हजार ३०५ मा कोभिड संक्रमितकोपहिचान भएका छन । पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ जनामा गरिएको परीक्षणको क्रममा उल्लेखित सङ्ख्यामा सङ्क्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा छ हजार ५४३ जना सङ्क्रमित उपचार पछि डिस्चार्ज भएको र योसंग डिस्चार्ज हुनेको सख्या ३ लाख ६६ हजार ९४६ पुगेको जनाएको छ। साथै मन्त्रालयले कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा ३ चिकित्सक क्रमस डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री काकी सहित १९० जना सङ्क्रमितको मृत्यु भएको र योसंगै मृतकको सख्या ५ हजार ८४७ पुगेको जानकारी दिएको छ।

त्यस्तै मन्त्रालयले काठमाडौँ उपत्यकाका जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ३८९ रहेका छन् । कुल एक लाख ४६ हजार २८६ निको हुँदा एक हजार ३२६ जनाको निधन भएको छ । भक्तपुरमा चार हजार ७८३ सक्रिय सङ्क्रमित छन् भने १२ हजार ४७३ निको भएका छन् । यस्तै २६२ को मृत्यु भएको छ । ललितपुरमा छ हजार ८९५ सक्रिय सङ्क्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा ३४७ को मृत्यु भएको छ

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु