बुधबार, बैशाख १२, २०८१

कोभिड सङ्क्रमणविरुद्ध महानगर ,७ अस्पतालसँग सम्झौता

काठमाडौं बैशाख ३१
काठमाडौ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि माग गरेअनुरुप आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि शुक्रबार ७ अस्पतालसँग सम्झौता गरेको छ ।अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर सङ्क्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र रहेको क्रमस वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, क्षत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र मोडल अस्पतालसंग सम्झौता गरेको हो ।

महानगरले यसअघि वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।
त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरे अनुरु िसमाग्री पलब्ध गराउने तयारी रहेको माहानगरले जनाएको छ। त्यस्तै वीरेन्द्र सैनिक अस्पतालले महानगरपालिकाको नामबाट अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालन गर्नेछ । आजदेखि छ महिनाका लागि गरिएको सम्झौताबमोजिम काम शुरु गर्न पहिलो किस्तास्वरुप रु दुई करोड उपलब्ध गराइनेछ ।

क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ श्ययाको कोभिड अस्पताल सञ्चालन गर्नेछ । यसको पूर्वाधार विकासका लागि करीब रु ३० लाख र ३५ श्ययाको कोभिड विशेष अस्पतालको समग्र व्यवस्थापन, आवश्यक जनशक्तिका लागि महानगरले मासिक झण्डै रु ४८ लाख व्यहार्ने बताइएकोछ । त्यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ भेन्टिलेटर र ५० थान मोनिटर खरीद गर्ने रकम महानगरपालिकाले उपलब्ध गराउनेछ । यसरी नै अन्य सम्झौता भएका अस्पतालले पनि आफूलाई कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने सामग्री माग गरेकाले सोही अनुरुप महानगरले अनुदान रकम दिने छ । महानगरले अनुदान दिएका अस्पतालले आफूले दैनिक दिएको सेवाको विवरण पठाउनुको अलावा खर्च र लेखा परीक्षण प्रचलित कानूनले दिएको अधिकारबमोजिम राख्नु पर्ने महानगरलेजनाएके छ।