शुक्रबार, बैशाख ७, २०८१

जसपा सांसदहरु भक्तपुरको डोलेश्वर रिसोर्टमा

भक्तपुर बैशाख ३०,

सत्ता गठबन्धनमा निर्णायक शक्ति बनेको जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसमा राखिएको छ। सत्ता गठबन्धनमा प्रधानमन्त्री के पी शर्मा ओली र उनको दल नेकपा एमालेलाई साथ दिने की ओलीको विरुद्धमा विपक्षी दलहरुको गठबन्धन गर्ने भन्ने विवादमा रुमलिएको जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदहरुलाई अहिले भक्तपुरको डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसमा राखिएको हो।

जसपाको अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो ओलीको पक्षमा देखिएका छन। प्रधानमन्त्री ओलीले गत बैशाख २७ गते संसदमा विश्वासको मत लिँदा ठाकुर र महतो तथस्थ बसेका थिए। प्रधानमन्त्री ओलीले संसदको विश्वासको मत लिन नसकेपछि राष्ट्रिपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम संसदमा रहेका दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री दावी गर्न आउन आव्हान गरेका थिए। सो अनुसार आज सो समयसिमा सकिँदैछ।

दलहरु नयाँ सत्ता गठबन्धनको रस्साकसी चलिरहँदा जसपाका ठाकुर र महतो पक्षधर सांसदलाई बैठक छ भन्दै डोलेश्वर रिसोर्ट पु¥याएको स्रोतले जानकारी दिए। स्रोतका अनुसार जसपाका सांसदहरुको व्यवस्थापनमा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिका वडा नं. ८ वडाअध्यक्ष किरण थापालगायतका नेकपा एमालेका नेताहरु खटिएका छन। सांसदहरुको सुरक्षाको लागि महानगरिय प्रहरी वृत्त जगातीबाट सादा पोशाकमा प्रहरी खटाएको स्रोतले जानकारी दिए।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु