शनिबार, बैशाख ८, २०८१

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेकका सवै कार्यालय बन्द

काठमाडौं वैशाख २९ ,

काठमाडौं उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक सवै कार्यालय बन्द हुने भएको छ ।  काठमाडौंका प्रमुख जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी सूचनामा उल्लेख भएअनुसार कोभिड १९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने उल्लेख गरिएको छ।

त्यस्तै अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न सकिने जनाउ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको हस्ताक्षरमा जारी सूचनामा उल्लेख गरिएको छ।

यसैबीच उपत्यकामा आज राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला ‘काठमाठौं, ललितपुर र भक्तपुर’ का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो । यसवीचमा सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन निषेध गरिएको छ।