शुक्रबार, चैत्र १६, २०८०

सुपर लिग : काठमाडौं रेजर्सलाइ पछिपार्दै धनगढी फाइनलमा

काठमाडौं बैशाख २८,
नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं रेजर्समाथि संघर्षपूर्ण जित निकाल्दै धनगढी एफसी फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी २९१ गोलअन्तरमा विजय भएको हो । योजित संगै धनगढीले फाइनलमा स्थान समेत सुरक्षित गरेको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा काठमाडौंका तेज तामाङले गरेको गोलको प्रतिउत्तरमा धनगढीका पुजन उपरकुटीले खेल बराबरीमा ल्याए। र, यही बराबरीमा निर्धारित ९० मिनेटको खेल सकियो।

निर्धारित समयमा खेल १९१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। जसमा धनगढीका मार्की प्लेयरसमेत रहेका विशाल राईले गोल थपे। उनले खेलको १०८ औं मिनेटमा गरेको उक्त गोल नै धनगढीलाई फाइनलमा पुर्‍याएसंगै काठमाडौं रेजर्सको फाइनलमा पुग्ने सपना भने अधुरोनै रह्यो ।

यद्यपी काठमाडौंले ललितपुर सिटी एफसी बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।