बिहिबार, बैशाख १३, २०८१

बढ्दो कोभिड कहर: निषेधाज्ञा १५ दिन थप्ने गर्ने निर्णय

काठमाडौ बैशाख २८,
काठमाडौं उपत्यकामा कोभिड संक्रमण उच्च रफ्तारमा बढेसंगै सोको रोकथाम र न्यूनिकरणकालागि गत बैशाख १६ बाट जारी निषेधाज्ञा थप १५ दिनका लागि थपिएको छ। आज उपत्यकाका ३ वटै जिल्ला ९काठमाडौं, ललितपुर र भक्तपुर०का प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले यसअघिको नियममा केही परिमार्जन गर्दै अर्थात यसअघि बिहान ९ बजेसम्म मात्रै पसल खोल्न पाउने व्यवस्थालाइ दैनिक उपभोग्य सामग्रीको पसल बिहान १० बजेसम्म खोल्न पाइने व्यवस्था गरेको छ।

त्यस्तै अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्यूनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णसंगै निर्माण सामग्रीको ढुवानीको हकमा राति १० देखि बिहान ४ बजेसम्म ढुवानी गर्न समयसिमा तोकेको छ ।

साथै सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरेको सवारी पास र परिचय पत्रका आधारमा आवातजावत गर्न दिने व्वस्था मिलाईएकोछ । त्यस्तै बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरिएको छ।

बाँकी निर्णय यस्तो रहेको छ :