बुधबार, बैशाख १२, २०८१

काठमाडौं उपत्यकाका ३ हजार ९२७ सहित थपिए ९ हजार ४८३ सङ्क्रमित, ५२२५ डिस्चार्ज, २२५ को निधन

काठमाडौ बैशाख २८,

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणको क्रममा ९ हजार ४८३ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ५ हजार २२५ जना संक्रमित डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको सख्या ३ लाख १२ हजार १९ पुगेको जनाएको छ ।
साथै कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेका आधारमा वितेको २४ घण्टामा सङ्क्रमणका कारण २२५ को निधन भएको र योसंगै मृत्यु हुनेको सख्या ४ हजार ८४ पुगेको जानकारी दिएको छ।

यसैवीच आज पहिचान भएक संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्र ३ हजार ९२७ जना रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यसमध्ये काठमाडौ जिल्लाका २ हजार ७८८ललितपुरमा ६०२ र भक्तपुर जिल्लाका ५२३ जना संक्रमित रहेको जनाएको छ।