शुक्रबार, चैत्र १६, २०८०

पत्रकार चन्द्रकला लाइ कोभिड विमा बापतको रकम हस्तान्तरण

काठमाडौं बैशाख २८,
मिसन मिडिया क्लवले पत्रकार महासंघ भक्तपुरका कोभिड संक्रमित पत्रकार चन्द्रकला क्षेत्री [भगवती] लाइ कोभिड विमा बापतको रकम हस्तान्तरण गरेको छ ।

यसअघि कल्वले संक्रमित पत्रकारलाइ जनही रू एकलाख रुपैया उपलब्ध गराउदै आएकोमा यसपटक कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमका कारण नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको बैठकको निर्णय अनुसार समितिले स्थापना गरेको कोभिड पत्रकार राहत कोष प्रयोजनका लागि कल्वको तर्फबाट विमित पत्रकारसंग रु दश हजार कट्टी गर्दै विमा रकम हस्तान्तरण गरेको हो ।

कल्वका अध्यक्ष एवम् प्रदेश समितिका तत्कालीन महासचिव श्रीजन झाको अगुवाइमा महासङ्घ उपत्यका प्रदेश समिति आवद्ध प्रदेश मातहतका रहेको जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको पत्रकार कोभिड बीमा’ गरेको थियो । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले फोटो पत्रकार चन्द्रकलालाइ उपत्यका प्रदेश समितिको कार्यकक्षमा विमा वापतको चेक हस्तान्तरण गर्नु भएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा प्रदेश समितिका अध्यक्ष झाले आफुले पाउने विमा वापतको रकम मध्ये रु दशहजार राहत कोषमा योगदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दै उहाँको सुस्वास्थ्यको कामना गर्नुभएको थियो ।  कार्यक्रममा प्रदेश समितिका सचिव रोशनराज पाण्डे,  फोटो पत्रकार अनुप प्रधान लगायतको उपस्थिती रहेको थियो ।