आइतवार, अशोज १०, २०७८

जारी निषेधाज्ञा थप १५ दिन लम्ब्याउन सिफारिश

काठमाडौं बैशाख २७,
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी , काठमाडौंले उपत्यकामा गत १६ गतेदेखि जारी निषेधाज्ञा थप १५ दिनका लागि लम्ब्याउन आवश्यक रहेको निष्कर्ष सहितको सिफारिश गरेको छ । काठमाडौंका नगर र महानगर प्रमसखहरुसंगै सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्ने सिफारिश गरेको हो ।

यद्यपी निषेधाज्ञा थपको सिफारिस मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले अनुमोदन गर्दै थप निर्णय सीसीएमसीमार्फत हुने भएकोछ । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिँदैछ ।

त्यसतै डीसीसीएमसीको बैठकले प्रत्येक पालिकाको सिफारिसअनुसार बिरामीको संख्या र अस्पतालको आवश्यक्ता अनुसार सिलिन्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने निर्णय संगै उपत्यकामा भएका सम्पूर्ण अक्सिजन प्लान्टलाई तुरुन्त सञ्चालन ल्याउनका लागि नेपाल अक्सिजन उत्पादक संघलाई निर्देशन दिने निर्णय समेत गरेको छ।

कोभिड चेक जाँच गराउन किटको माग गर्ने, संक्रमितलाई सहयोग गर्ने, अप्ठेरोमा परेकालाई राहत तथा उद्दारका कार्य आरम्भ गर्ने , टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन दायरा र क्षमता बढाउन विस्तार गर्ने , कोभिडविरुद्धको खोप अभियान चलाउन सबै वडा कार्यालयमा निश्चित समय तोकेर जेठ २ गतेदेखि भीडभाड नहुने गरी सञ्चालन गर्ने लगायतका विभिन्न् निर्णय सहित संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु