बिहिबार, बैशाख ६, २०८१

म.प बैठक: प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

विश्वासको मत नपाएसंगै प्रम ओली पदमुक्त

काठमाडौं बैशाख २७,
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्नका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो । अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने गरी सिफारिस गरिएको हो ।

संसद्‌बाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी ओली पदमुक्त भएका छन् ।  प्राप्त जानकारी अनुसार मप बैठक सकेलगत्तै प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्‍न शीतलनिवास पुगेको थाहा भएकोछ ।