आइतवार, अशोज ३, २०७८

प्रतिनिधिसभाको अधिवेशन शुरु, नेपाल समूहका सासंद बैठकमाअनुपस्थित

प्रम ओलीले २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक

काठमाडौं बैशाख २७,
प्रधानमन्त्री केपी ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशन शुरु केहि समय अघि शुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठकका प्रारम्भमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभउको थियो । त्यसलगत्तै सभामुखले अधिवेशनका क्रममा बैठकको अध्यक्षता गर्ने सदस्यमा को डा डिला संग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयलाइ मनोनयन गर्नुभएको थियो ।

त्यस्तै प्राप्त जानकारी अनुसार बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्य सहित विश्वासको मत लिने प्रस्ताव टेबल गर्नु हुने र प्रधानमन्त्री ओलीलाइ हुन्छ, हुन्न र दिन्न भन्ने तीन प्रकारका मत जाहेर गर्ने व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ । त्यस्तै सचिवालयले विश्वासको मत लिने सन्दर्भमा यस पटक कोभिड संक्रमित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था गरिएको जानकारी दिदै कोभिड संक्रमणबाट २८ सांसद प्रभावित भएको सचिवालयले जनाएको छ ।

यसैवीच आजको बैठकमा नेकपा एमालेको माधवकुमार नेपालले नेतृत्व गरेको समूहले भने अधिवेशनमा उपस्थित नहुने बुझिएको छ ।संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम रहेको छ । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिनुहुने छ । अधिवेशनमा २६६ सांसदले मतजाहेर गर्ने संसद सचिवालयले जनाएको छ।

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु