शनिबार, बैशाख २२, २०८१

कार्यव्यवस्था परामर्श समितिको बैठक:  कोभिड संक्रमित सांसदहरुले पनि मत दिन पाउने

प्रधानमन्त्री ओलीले विस्वासको मत प्राप्त गर्न १३६ सांसदको समर्थन आवश्यक

काठमाडौं बैशाख २६,
प्रधानमन्त्री केपी ओली विश्वासको मत लिने प्रयोजनका लागि सोमवार बस्ने संसदको विशेष अधिवेशनमा कोभिड संक्रमित सांसदहरुले पनि मत दिन पाउने भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोभिड संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

संसद अधिवेशनअघि गरिएको सासंदशरुको कोभिड परीक्षणको क्रममा २६ भन्दा बढी सांसदलाई संक्रमण पुष्टि भएको थियो । संक्रमण भएका माननीयलाई बाहिर राख्ने र मतदानको बेला भित्र प्रवेश दिने र छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय भएको जनाउदै संसद सचिवालयले प्रतिनिधिसभाको बैठकमा पीसीआर टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएका सांसदले मात्र प्रवेश पाउने जनाएको छ।

यसैवीच प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्री केपी ओलीले १३६ सांसदको समर्थन लिनुपर्ने हुछ । संसदको अंक गणितीय संरचना अनुसार २७५ सदस्य रहेको संसदमा नेकपा एमालेको १२१ जना सदस्य  [माधव नेपाल र खनाल समूह समेत] यसैगरी नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसद १/१ सांसदहरु रहेका छन भने कांग्रेस र जनता समाजवादी पार्टीका २/२ जना सांसद निलम्बित अवस्थामा रहेका छन् ।