शनिबार, बैशाख ८, २०८१

९ हजार २३ जना कोभिड संक्रमितको पहिचान, ५० को मृत्यु

काठमाडौं बैशाख २४,
पछिल्लो २४ घण्टामा १९ हजार ९८७ जनाको पीसीआर परीक्षणको क्रममा ९ हजार २३ कोभिड संक्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 त्यस्तै मन्त्रालयले यसवीचमा २ हजार ९०५ जना सङ्क्रमित कोरोना संक्रमण मुक्त हुँदै डिस्चार्ज भएको जानकारी दिदै प्राप्त पछिल्लो डेटा अनुसार ७८ हजार ६२९ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।

साथै वितेको २४ घण्टामा ५० जना सङ्क्रमितको मृत्युको पुष्टि भएको र योसंगै नेपालमा सङ्क्रमणबाट हालसम्म ३ हजार ५७९ जनाको मृत्यु भइसकेको जानकारी दिएको छ ।