बिहिबार, बैशाख १३, २०८१

मन्त्रालयले भन्यो-कोभिडविरुद्धको थप खोप तत्काल आउने अवस्था छैन

काठमाडौं बैशाख २४,
बढ्दो कोभिड संक्रमणको जोखिम संगै सरकारले कोभिडविरुद्धको थप खोप तत्काल आउने अवस्था नभएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी विज्ञप्तिमा भारतको सेरम इन्स्टिच्युटबाट ल्याउन लागिएको थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था तत्काल नरहेको उल्लेख गरिएको छ।

ुनेपालले खोप सुरु गरेको खोप अभियान थप विस्तृत बनाइ लान खोप खरिद गर्न औषधि व्यवस्था विभागको आपतकालिन प्रयोगका लागि अनुमति प्राप्त कोभिशिल्ड खोप २० लाख डोज चार डलरमा खरिद गरिएकोमध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकी खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम इन्स्टिच्युट इन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुनेबित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ। थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन  मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यद्यपी नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनीतिक तथा अन्य माध्यमबाटसमेत प्रयास गरिरहेको जनाउ सहित विज्ञप्तिमा र्फत कोभिड खोप खरिद प्रकरणमा आफ्नो कुनै कमजोरी नभएको भन्दै यसवीचमामन्त्रालयसँग जोडेर आएका समाचारहरुको खण्डन समेत गरेको छ।

यसअघि सेरम इन्स्टिच्युटबाट ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्न मन्त्रालयले अग्रिम रकम भुक्तानी गर्दा समेत बिचौलियाहरुका कारण खोप आयातमा समस्या देखिएको भन्ने समाचार बाहिरिएपछि सरकारको चौतर्फी आलोचना शुरु भएको थियो ।

ुसमाचारको खण्डण गर्ने क्रममा कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैंले निर्णय गर्ने भएकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका सवै समाचारमा सत्यता नरहेकाले यसमा भ्रममा नर्पन समेत भनिएको छ।